Advertisement

बिपी प्रतिष्ठानलाई ‘प्रथम सेवा केन्द्र’ बनाउने माग

धरान: बीपी अध्ययन प्रतिष्ठानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपी प्रतिष्ठान) धरानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा केन्द्र को मान्यता दिन माग गरेको छ।

अध्ययन प्रतिष्ठानका सभापति विकास आचार्यले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै बीमा बोर्डको हालको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेका हुन्।

स्वास्थ्य बीमा बोर्डले बिपी प्रतिष्ठानलाई हाल केवल रेफरल सेवा केन्द्रको रूपमा सीमित राख्ने निर्णय गरेपछि धरानबासीहरूबाट चौतर्फी विरोध सुरु भएको छ। विज्ञप्तिमा धरानका बीमा सदस्यहरूले बिना रेफर सिधै बिपी प्रतिष्ठानमा उपचार सेवा पाउने व्यवस्था सुनिश्चित गर्न जोडदार माग गरिएको छ।

यसबाहेक, बीमा बोर्डले ७५ करोड रुपैयाँभन्दा बढीको बीमा रकम प्रतिष्ठानलाई नभुक्तानी दिएको भन्दै त्यसको तत्काल फर्स्योट गर्न समेत माग गरिएको छ।

विज्ञप्तिमा हाल बीपिमा सेवा लिने धरानवासीले झेल्नुपरेको झन्झटिलो प्रक्रियालाई सरल र सुलभ बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने भनिएको छ।

“स्वास्थ्य सेवा मौलिक हक हो, त्यसमा पहुँच सहज, समान र सम्मानजनक हुनैपर्छ,” विज्ञप्तिमा भनिएको छ।

रेफरल प्रक्रिया झन्झटिलो हुँदा बिरामीको स्वास्थ्यमा थप जोखिम सिर्जना हुनुका साथै उनीहरूको मौलिक अधिकारमै ठेस पुगेको भन्दै विज्ञप्तिमा तत्काल निर्णय फिर्ता लिन सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर

कांग्रेसले माग गर्‍यो – निर्धारित समयमै महाधिवेशन गर, आन्दोलनका दोषीलाई कारबाही गर धरान, सुनसरी – नेपाली कांग्रेस सुनसरी क्षेत्...
जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन

जेनजी अभियानलाई महासंघको समर्थन नेफिन (राष्ट्रिय आदिवासी जनजाति महासंघ) ले जेनजी पुस्ताको अधिकार र उपलब्धिहरू जोगाउन सचेत र सक्...
सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

सुलिकोट डाँडा केवल धरानको मात्र होइन, पूर्वी नेपालको पर्यटकिय गन्तव्य

बलरम राई धरान : पूर्वी नेपालको हरियाली काखमा, धरान उपमहानगरपालिका वडा नं. २० को दक्षिण-पूर्वी छेउमा उभिएको सुलिकोट डाँडा के...
धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा

धरान आन्दोलनमा ७२ जनाको मृत्यु, तोडफोड र आगजनीप्रति निन्दा धरान, भदौ ३१ – देशमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएक...
धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन

धरानमा ज्येष्ठ नागरिकका लागि नयाँ पार्क बन्ने, महिलाको नेतृत्वमा समिति गठन धरान, भदौ-१ – धरान उपमहानगरपालिका–२० मा ज्येष्ठ ...
बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न

बालप्रतिभा प्रदर्शनको आकर्षक मञ्च — ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ को ट्यालेन्ट शो सम्पन्न नुमाफुङ खबर- बालबालिकाको प्रतिभा...
विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै

विश्व आदिवासी दिवसको अवसरमा रक्तदान,आँखाको उपचार र झाँकी र्‍याली सहित भब्य रुपले मनाइदै धरान, साउन २३ – धरानमा ३१ औं अन्तर्राष्...
धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग

धरानका राजनीतिक दलहरूको स्वास्थ्य बीमा सेवाबारे चार बुँदे माग धरान, साउन २२, २०८२ धरानका प्रमुख राजनीतिक दलहरूले आज धरान उपमहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज